Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन विशेष

तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित

तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित

इच्छाकामना न्युज

१८, भाद्र २०७९
तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित
images

चितवन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित भएका छन्। परिषद्को आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा बिमलादेवी गुरुङ ४६ मत ल्याई निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी शिवकमल गुरुङले मात्र १३ मत प्राप्त गरे।

images
images

निर्वाचनमा परिषद्को अध्यक्ष बन्नका लागि २ जनाले उम्मेद्वारी दिएका थिए । निर्वाचन कमिटिले अन्तिमसम्म दुई उम्मेद्वार बीच सहमति गराउने प्रयास गर्दा पनि सहमती हुन नसकेपछि अध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो। कुल ११८ मतदाता रहेको परिषद्को निर्वाचनमा ५९ मत खसेको थियो।

302583941_4887190214715354_4644858862689261085_n.jpg

अध्यक्षमा निर्वाचन भएपनि परिषद्को अन्य पदमा भने निर्विरोध निर्वाचत भएको छ। परिषद्को उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ र गोपिराम गुरुङ, सचिवमा किशोर गुरुङ, संगठन सचिवमा मीना कुमारी गुरुङ, प्रचार सचिवमा बल बहादुर गुरुङ (नेत्र), कोषाध्यक्षमा ज्ञानदेवी गुरुङ, सह–कोषाध्यक्षमा याम बहादुर गुरुङ निर्वाचन कमिटिका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले जानकारी दिएका छन्।

यस्तै उनका अनुसार परिषद्को सदस्यहरुमा सुर्य गुरुङ, विनोद गुरुङ, बृहस्पती गुरुङ, यम बहादुर गुरुङ, शक्तिराज गुरुङ, बुद्धिमान गुरुङ ‘क’, बुद्धिमान गुरुङ ‘ख’, लेख बहादुर गुरुङ, शिवकुमार गुरुङ र अरविन गुरुङ निर्वाचत भएका छन्। 

२१ सदस्यीय जिल्ला कमिटिमा १८ जना निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् भने बाँकी ३ सदस्य पछि कार्यसमितिले मनोनित गर्नेछ।

परिषद्का नवनिर्वाचित पदाधिकारीलाई ३ वर्षे कार्यकालको लागि आजै निर्वाचन कमिटिका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले शपथ ग्रहण गराएको थियो भने निर्वाचन कमिटिका सदस्यद्वय तुलमान गुरुङ र शारदा गुरुङ, परिषद्का निवर्तमान अध्यक्ष गणेश गुरुङले सफल कार्यकालको शुभकामना दिएका थिए।

यस्तै नवनिर्वाचित अध्यक्ष बिमलादेवी गुरुङले सबैलाई दुखी बनाएर हैन खुशी पारेर ३ वर्षे कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २३:१९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology