Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ सदस्यका लागि एमालेबाट इच्छाकामनाका ४ सहित ७ जनाको आवेदन

चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ सदस्यका लागि एमालेबाट इच्छाकामनाका ४ सहित ७ जनाको आवेदन

इच्छाकामना न्युज

१७, भाद्र २०७९
चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ सदस्यका लागि एमालेबाट इच्छाकामनाका ४ सहित ७ जनाको आवेदन
images

चितवन। नेकपा एमालबाट मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ सदस्यका लागि आकाक्षीं भएकाहरुले आज पार्टीमा आवेदन दिएका छन्। जसमा इच्छाकामना गाउँपालिकाबाट ४ जना र कालिका नगरपालिकाका ३ जना रहेका छन् । 

images
images

उम्मेद्वारको लागि आवेदन दिनेहरुमा इच्छाकामना गाउँपालिकाका एमाले इच्छकामना अध्यक्ष कृष्ण सिलवाल, बागमती प्रदेश कमिटि सदस्य प्रकाश अधिकारी र चन्द्रमणी सापकोटा साथै जिल्ला कमिटि सदस्य इच्छा त्रिपाठी रहेका छन्। 

यस्तै कालिका नगरपालिकाका पूर्व मेयर एवं पार्टीको बागमति प्रदेश कमिटि सदस्य खुमनारायण श्रेष्ठ (गोपी), एमाले चितवन क्षेत्र नं. २  ‘क’ प्रदेशका क्षेत्रीय कमिटि संयोजक टिकाराज रिजाल, कालिका नगरकमिटि अध्यक्ष केशव लामा छन्। 

जिल्ला पार्टी कार्यालय चितवनमा पार्टीको चितवन क्षेत्र नं। २ ‘क’ प्रदेश कमिटि संयोजक टिका रिजालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरी उनीहरुको नाम सिफारिस गरेको हो। 

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - २१:३०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology