Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँले बढ्यो, गाडीको भाडादर बढ्न सक्ने 

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँले बढ्यो, गाडीको भाडादर बढ्न सक्ने 

images

इच्छाकामना न्युज

१७, भाद्र २०७९
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँले बढ्यो, गाडीको भाडादर बढ्न सक्ने 
images

काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँले बढाएको छ । निगमले आजबाट लागू हुनेगरी भाउ बढाएसँगै डिजेल र मट्टितेल लिटरको १ सय ७८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य बढेको भएपनि खाना पकाउने एलपी ग्यास, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत छ ।

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले हिजो दिउँसो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल १ रुपैयाँ ३९ पैसा, डिजेल ६ रुपैयाँ १२ पैसा र हवाई इन्धन ८ रुपैयाँ १ पैसा बढेर आएको थियो । दसैँको मुखमा डिजेलको मूल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाडादर बढ्ने आँकलन छ । 

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:२३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology