Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इट्टाभट्टामा जिउँदै मान्छे हालेर जलाउने आलमलाई कांग्रेसले उम्मेदवार बनाउने

इट्टाभट्टामा जिउँदै मान्छे हालेर जलाउने आलमलाई कांग्रेसले उम्मेदवार बनाउने

images

इच्छाकामना न्युज

१७, भाद्र २०७९
इट्टाभट्टामा जिउँदै मान्छे हालेर जलाउने आलमलाई कांग्रेसले उम्मेदवार बनाउने
images

काठमाडौँ । जिउँदै मान्छेलाई इट्टाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ । कयौँ सर्वसाधारणको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका आलमलाई कांग्रेस रौतहटले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो।

आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ को उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो। आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित कारागारमा रहेका छन्। आलमसँगै कांग्रेस रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिले अञ्जु झाको नाम पनि महिलातर्फ सिफारिस गरेको छ।

आलमको कर्तव्य ज्यानसम्बन्धी मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ। कांग्रेस रौतहटका सभापति जितेन्द्र यादवले पनि क्षेत्रीय कार्य समितिले आलमको नाम सिफारिस गरेको समाचार मिडियाबाट सुनेको बताए।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०८:५७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology