मुग्लिन । पहिरोका कारण आज पनि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । भर्खरै प्राप्त खबर अनुसार अहिले बिहान करिब ८ बजेतिर उक्त सडक खण्डको भरतपुर २९ स्थित गाइघाट नजिकै १८ किलोमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको हो।
पहिरो पन्छाएर राजमार्ग सूचारु गराउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सनजित तामाङले जानकारी दिए। यद्यपी वर्षा भैरहेकोले पहिरो पन्छाउन समय लाग्ने उनले बताए।