Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतको समितिको बैठक बस्दै 

प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतको समितिको बैठक बस्दै 

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतको समितिको बैठक बस्दै 
images

काठमाण्डौ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ । बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा सम्पत्ति शुद्धिकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयास, लागु भएका कानून र मापदण्ड, नेपालको प्रतिवद्धता र आवश्यक नीति, कानून साथै संरचना निर्माणको अवस्था, तिनीहरुको कार्यान्वयन, विगतमा भएका मूल्याङ्कन, निकट भविष्यमा हुँदै गरेको मूल्याङ्कनको लागि तयारी र भावी योजना लगायतका विषयमा छलफल हुने समितिले जनाएको छ ।

समितिका अनुसार छलफलका लागि अर्थ मन्त्रालय, कानून, न्याय तथा मानव अधिकार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकका गभर्नर, र सम्पत्ति शद्धिकरण अनुसन्धान विभागका महानिर्देशक लगायतलाई बोलाइएको छ । यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुने समितिले जनाएको छ । छलफलका लागि गृह मन्त्री, गृह सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिलाई बोलाइएको छ । 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०९:२६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology