Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दूध र दूग्धजन्य उत्पादन

नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा प्रयोग

नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा प्रयोग

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा प्रयोग
images

काठमाण्डौ । पछिल्ला दिनहरूमा दूध र दूग्धजन्य उत्पादनको माग बढिरहँदा, गाईभैँसी पाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै दूधबाट अनेकन परिकार बनाएर बिक्री वितरण गर्ने क्रम पनि बढ्दै गएको छ । मकवानपुरको हटौँडा उपमहानगरपालिका–१७ चुच्चे खोलामा खुवाको व्यापार गर्ने व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन् ।

काभ्रेबाट मकवानपुर पुगेर ४० वर्षदेखि नियमित खुवा बनाएर बेच्दै आउनुभएका सोमप्रसाद तिमल्सिनाले दिनमै ५० किलोभन्दा बढी खुवा उत्पादन गरि बिक्री गर्ने गरेको बताउनुभयो । नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधमध्ये १५ प्रतिशत औपचारिक, ३५ प्रतिशत अनौपचारिक क्षेत्र र ५० प्रतिशत किसान आफैँले उपभोग गर्ने गरेका छन् ।

त्यहि अनौपचारिक क्षेत्रमा पर्ने खुवा, उत्पादन गरि चुच्चे खोलाका खुवा व्यवसायीकै कारण स्थानीय किसान पनि व्यावसायिक भैँसी पालनमा जोडिएका छन् । दूध खरिदका लागि मात्र दैनिक तीन करोड रूपैयाँभन्दा बढी रकम सहरी क्षेत्रबाट ग्रामिण भेगमा जाने गरेको नेपाल डेरि एसोशिएसनले जनाएको छ ।

त्यो तथ्याङ्कमा चुच्चे खोलाका खुवा व्यवसायीको आम्दानी पनि जोडिएको छ । कान्तीराजपथका रुपमा हेटौँडालाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो बाटो बनेपछि चुच्चे खोलाको खुवाले झनै बजार पाएको छ । तर खुवा उत्पादनलाई बृहत बनाउन प्रविधि र बजारिकरणमा सरकारको सहयोग आवश्यक रहेको व्यवसायीहरू बताउँछन् ।

दुग्ध व्यवसायीहरूकाअनुसार नेपालमा वार्षिक २३ लाख १२ हजार मेट्रिकटन दूध उत्पादन हुन्छ । तर उत्पादित दूध मध्य १५ प्रतिशत मात्रै बजार पुग्ने गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०९:२३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology