रुकुम योगी, कालिकोट । धार्मिक हिसाबले चर्चित र प्राकृतिक हिसाबले अति नै आकर्षकबाजुुराको बडिमालीका मन्दिरमा पूर्वाधार अभावका कारण पर्यटक पुग्ने वातावरण बनेको छैन । हरिया र फराकिला पाटनहरू, पाटनमा फूलेका रङ्गिचङ्गी फूलहरू, अगाडि रहेको सैपाल हिमाल, स–साना तालहरू, सफा र सङ्लो त्रिवेणी नदीका कारण बडिमालीका क्षेत्र अति आकर्षक देखिने भए पनि त्यहाँ पूर्वाधार अभावकै कारण वर्षमा एक समयबाहेक अन्य समयमा पर्यटक पुग्ने वातावरण बनेको छैन ।
कहिलेबाट मन्दिर बनाइयो र पूजा गर्न सुरु गरियो भन्ने एकिन नभए पनि मान्यता अनुसार बडिमालीकामा झण्डै ७ सय वर्षदेखि पूजा गर्न थालिएको पूजारी कृष्ण उपाध्यायले बताउनुभयो ।
अन्तराष्ट्रिय रुपमा परिचित गराइ पर्यटन प्रवद्र्धन गर्न सकेको खण्डमा यसबाट बाजुरालाई मात्र नभइ देशलाई फाइदा पुग्ने देखिन्छ । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालीका क्षेत्र हरियाली पाटनका कारण चर्चित छ ।