रत्ननगर । रत्ननगर नगरपालिकाभित्र रहेका तमु (गुरूङ) समुदायको भेलाले तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् रत्ननगर इकाइ गठन गरेको छ । जिल्ला सदस्य नेत्र गुरूङको संयोजकत्वमा सम्पन्न भेलाले ऋषिराम गुरूङको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा महावीर गुरूङ, सचिवमा हरिबहादुर गुरूङ, सहसचिवमा वन्दना गुरूङ, कोषाध्यक्षमा जुनसरी गुरूङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा सरिता गुरूङ, लोकबहादुर गुरूङ, तारा गुरूङ, वीरबहादुर गुरूङ, इन्दु गुरूङ र एकबहादुर गुरूङ रहेका छन् ।

समितिको बैठकले यही भदौ १८ गते जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन गर्नका लागि दोस्रो बैठक भदौ १५ गते गर्ने निर्णय गरेको छ । यस्तै, नयाँ निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम गर्ने निर्णय भएको छ ।
रत्ननगर नगरपालिकाभित्र रहेका तमु समुदायलाई संगठित गरी पुस्तान्तरण गर्दै लैजाने र जातीय पहिचानसहित धर्म, भाषा, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै हकअधिकारका लागि समितिले काम गर्ने नवनिर्वाचित अध्यक्ष ऋषि गुरूङले जानकारी दिए ।