Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राजनिति

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन : इच्छाकामनाबाट नेकपा एमालेका ३ जना आकांक्षी

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन : इच्छाकामनाबाट नेकपा एमालेका ३ जना आकांक्षी

आकांक्षीमा पार्टीको प्रदेश कमिटि सदस्य प्रकाश अधिकारी, चन्द्रमणी सापकोटा र पार्टी गाउँकमिटि अध्यक्ष कृष्ण सिलवाल छन्

images

इच्छाकामना न्युज

१३, भाद्र २०७९
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन : इच्छाकामनाबाट नेकपा एमालेका ३ जना आकांक्षी
images

कुरिनटार । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा चितवनको इच्छाकामना गाउँपालिकाबाट नेकपा एमालेका ३ जना आकंक्षी देखिएका छन् । चितवन क्षेत्र २ को प्रदेशसभा  ‘क’मा नेकपा एमालेका युवा नेता प्रकाश अधिकारी, चन्द्रमणी सापकोटा र कृष्ण सिलवालले दाबी गर्ने भएका हुन् ।

प्रदेश कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर २ ‘क’का इन्चार्ज समेत रहनुभएका अधिकारीले प्रदेश सभा ‘क’ बाटै आफ्नो उम्मेद्वारी दाबी रहने बताए । अब पालो युवाहरुको भएकाले आफुले पार्टीमा उम्मेद्वारी दाबी गर्ने बताए। समाजशास्त्र र राजनितिक शास्त्रमा डिग्री गरेका अधिकारीले विकास र समृद्धिका लागि युवाहरु अघि आउनुपर्ने बताए । निर्वाचन क्षेत्रका अग्रज नेता युवाहरुको आफुप्रतीे सद्भाव रहेको भन्दै अधिकारीले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

प्रदेश सभाका आकाक्षीं चन्द्रमणी सापकोटा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य हुन् भने पार्टीको इच्छाकामना गाउँकमिटिका सहजकर्ता पनि हुन्। पूर्व माओवादी रहेका सापकोटा नेकपा बनेर फुटेपछि एमालेमा लागेका हुन्। पार्टी एकताको भावना बमोजिम सबैलाई समानुपातिक रुपमा समेटिनुपर्नेमा जोड दिदै उनले प्रदेश सभामा आफ्नो दावी रहेको बताए ।

प्रदेशमा अर्का आकाक्षीं कृष्ण सिलवाल पूर्व जनप्रतिनिधि हुन् । हाल नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष समेत रहेका सिलवाल पुर्व साविकको दारेचोक गाविसका निर्वाचित उपाध्यक्ष हुन्। प्रष्ट वक्ताको रुपमा परिचित सिलवालले पनि प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ बाटै आफ्नो उम्मेद्वारी दाबी रहने बताए ।

यस पटक इच्छाकामनाले प्रदेश सभा सदस्यमा टिकट पाउनुपर्ने नेकपा एमाले इच्छाकामनाको दाबी छ । आंकक्षीहरु मध्येबाट जसले टिकट पाएपनि इच्छाकामनाले यसपटक टिकट पाउनुपर्ने दाबी सबै आकाक्षीं रहेको छ ।

 

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०९:३०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology