Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कर्णालीका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै 

कर्णालीका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै 

इच्छाकामना न्युज

१३, भाद्र २०७९
कर्णालीका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै 
images

सुर्खेत । कर्णाली प्रदेशमा माओवादीका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटका कृष्णा शाह आचार्यले पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो ।

images
images

माओवादीले सबै सांसदलाई माग पु¥याउन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो ।

सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले हिजो राजीनामा दिएका थिए । रिक्त दुई मन्त्रालयमा पालो पुग्न बाँकी दुई सांसदलाई पठाइएको हो ।

यो सँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित सबै सांसद मन्त्री बन्ने भएको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०९:०३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology