Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धर्मसंस्कृति

सुरु भो हरितालिका तीज, आज पहिलो दिन दर खाने

सुरु भो हरितालिका तीज, आज पहिलो दिन दर खाने

इच्छाकामना न्युज

१३, भाद्र २०७९
सुरु भो हरितालिका तीज, आज पहिलो दिन दर खाने
images

चितवन । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ।

images
images

दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन्।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए।

अचेल दरका नाममा महिना दिनअघिदेखि पार्टी प्यालेसमा पार्टी गर्ने चलन बढेको भन्दै संस्कृतिविदहरूले चिन्ता व्यक्त गर्ने गरेका छन्।

 

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - ०८:३२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology