Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

पोर्तुगलमा चितवन समाजको तीज गित प्रतियोगिता

पोर्तुगलमा चितवन समाजको तीज गित प्रतियोगिता

images

इच्छाकामना न्युज

१२, भाद्र २०७९
पोर्तुगलमा चितवन समाजको तीज गित प्रतियोगिता
images

पोर्तुगल । प्रवासमा पनि नेपाली नारी तथा नेपाली भाषीहरुले हरीतालिका तीज मनाउन सुरु गरेका छन्। रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिलाको संघसंस्थाहरुले आफ्नो समय अनुकूल तीज मनाउने गरेका छन् । तीज नजिकिए सँगै युरोपेली मुलुक पोर्तुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

‘परम्परा बचाउँ, विकृती हटाउँ’ भन्ने नारासहित नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर २४ अगस्ट बुधबार, चितवन समाज पोर्तुगलले राष्ट्रिय कलाकार भगवान भण्डारी, देबिका केसी, जेबि ओलीको साथमा तीज गित प्रतियोगिता एबम सांस्कृतिक कार्यक्रम पोर्चुगलको राजधानी लिस्बोनमा आयोजना गरेको छ ।

ओक मुन्दो रेष्टुरेन्टमा सम्पन्न भएको कार्यक्रममा पोर्चुगल भएका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । चितवन समाजका संस्थापक अध्यक्ष तुलसीराम थपलिया, अध्यक्ष रवि अर्याल, संरक्षक हेमन्त सेढाईं लगायतले कार्यक्रमको शुभकामना दिएका थिए ।

तीज गित प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल, महिला समाज पोर्तुगल, नियाल्प सिलाई समूह, नारी समाज पोर्तुगल र बाग्लुङ समाज पोर्तुगलले सहभागिता जनाएका थिए । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल प्रथम भएर नगद ३५० युरोसहित प्रमाणपत्र प्राप्त गरेको हो । दोस्रो भएको बाग्लुङ समाज पोर्तुगलले नगद २५० युरो र प्रमाणपत्र र तेस्रो भएको नियाल्प सिलाई समूहले नगद १५० युरोसहित प्रमाणपत्र प्राप्त गरेको चितवन समाज पोर्तुगलका महासचिव तेजिन्द्र चालिसेले जानकारी दिए ।

 

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - ०८:२६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology