Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना विशेष

इच्छाकामना अस्पताल संचालनको काम तीव्र, डिजिटल एक्स–रे मेसिन आईपुग्यो

इच्छाकामना अस्पताल संचालनको काम तीव्र, डिजिटल एक्स–रे मेसिन आईपुग्यो

दशैं अघि नै अस्पताल संचालन गर्ने तयारी

चित्र बहादुर गुरुङ

७, भाद्र २०७९
इच्छाकामना अस्पताल संचालनको काम तीव्र, डिजिटल एक्स–रे मेसिन आईपुग्यो
images

कुरिनटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अस्पताल संचालनको लागी तयारी तीव्र पारिएको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै अस्थायी रुपमा भएपनि अस्पताल संचालन गर्ने निर्णय भएबमोजिम अस्पताल संचालनको काम तीव्र पारिएको हो।

images
images

जस अनुरुप गाउँपालिकामा आज नयाँ डिजिटल एक्स–रे मेसिन आईपुगेको छ । गाउँपालिकालाई अस्पताल संचालनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब साढे ३६ लाख मूल्यको नयाँ डिजिटल एक्स–रे मेसिन पठाएको हो।

अस्पताल संचालनको लागि आवश्यक सामाग्री जुटाउने भन्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, चितवन क्षेत्र नं. २ का सांसद कृष्ण भक्त पोखरेल, नेकपा एकिकृत समाजवादीका नेता नरेन्द्र कङदङ्वा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटा, लेखापाल पवन खरेल लगायतको टोली स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी भेट्न पुगेका थिए। भेटमा मन्त्री खापुङ र निर्देशक मरासिनीले गाउँपालिकामा इच्छाकामना अस्पताल स्थापना गरि संचालन गर्न तत्काल आवश्यक सामाग्री पठाउने वचन टोलीलाई दिएका थिए। 

300045750_2769497603185265_8526705704979721969_n.jpg

सोहि बमोजिम गाउँपालिकालाई मन्त्रालय मार्फत डिजिटल एक्स–रे मेसिन आईपुगेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए। उनका अनुसार अस्पतालका लागि आवश्यक बेड, मोनिटर, औषधी लगायतका अन्य सामाग्रीहरु पनि मन्त्रालयले उपलब्ध गराएकोले आउने क्रममा रहेको छ। 

अस्पतालका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु आए पश्चात गाउँपालिकाले भदौ मसान्त भित्रमा चिकित्सकको नियुक्ती गरि आवश्यक प्रक्रिया पु¥याई १५ बेडको इच्छाकामना अस्पताल संचालन गरिनेछ भने अस्पतालका लागि तत्काल २ जना चिकित्सकको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताए।

300434916_2769492236519135_4867220977888792826_n.jpg

सुरुवातमा हाल गाउँपालिका प्राङ्गणमा रहेको दारेचोक स्वास्थ्य चौकीको भवन र सँगै निर्माण गरिएको संरचनामा अस्थायी रुपमा अस्पतालको सेवा संचालन गरिनेछ भने अस्पतालको छुट्टै नयाँ भवन निर्माण भएपछि स्थायी रुपमा सेवा संचालन गरिनेछ । 

यसैबिच अध्यक्ष गुरुङले चुनावमा गरेको प्रतिबद्धता अनुरुप तत्काल अस्पताल संचालनको लागि काम गरेको बताए। ‘मैले नागरिकको पहिलो आवश्यकतालाई मध्यनजर गरेर चुनावमा जादा गरेको वाचा पूरा गर्न लागिपरेको हु, अब केहि दिनमै नागरिकले आफ्नै इच्छाकामना अस्पतालबाट सहज र सरल रुपमा स्वास्थ्य सेवा पाउनेछ’ –उनले भने ।

इच्छाकामना अस्पताल निर्माण भएमा इच्छाकामना सहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई समेत सेवा दिनसक्छ । यस्तै काठमाडौँ भित्रने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने देखिन्छ। 


images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - २२:३८:३१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology