भरतपुर । बागमती प्रदेश सभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीकी सह–महामन्त्री रीना गुरूङले तमू सञ्चारकर्मी संघ (एट्जोन) चितवनको लागि अक्षयकोष स्थापना गरेको छ । सोमबार भरतपुरमा संघको कार्यालय उद्घाटन गर्दै सांसद गुरूङले बुबा लालप्रसाद गुरूङको नाममा ‘लालप्रसाद गुरूङ सञ्चारकर्मी पुरस्कार’ स्थापनाका लागि एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिएकी हुन् ।
अक्षयकोषको लागि रकम हस्तान्तरण गरेसँगै संघको तर्फबाट अध्यक्ष तुलमान गुरूङ र दाताको तर्फबाट सांसद रीना गुरूङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त अक्षयकोषको ब्याज रकमबाट प्रत्यक दुई वर्षमा १५ हजार ५५५ रूपैयाँका दरले एक जना गुरूङ सञ्चारकर्मीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।
सांसद गुरूङले आफूले पनि लामो समयसम्म सञ्चारकर्ममा काम गरेकै अनुभवको आधारमा सञ्चारकर्मीहरूको हकहित र संरक्षणको लागि पुरस्कारको लागि अक्षयकोष स्थापना गरिदिएको बताइन् ।