Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मगर पत्रकार संघ चितवनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सप्पन्न

मगर पत्रकार संघ चितवनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सप्पन्न

images

इच्छाकामना न्युज

४, भाद्र २०७९
मगर पत्रकार संघ चितवनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सप्पन्न
images

चितवन । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगरले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा निस्पक्ष तरिकाले सम्प्रेषण गर्नुपर्ने बताएको छ ।

आज नेपाल मगर संघ जिल्ला समिति चितवनको भवनमा नेपाल पत्रकार संघ जिल्ला समिति चितवनले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएको हो। साथै उनले आउदा दिनहरुमा निस्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्न पनि आग्रह गरेका थियो।

भर्खरै मात्रै गठन भएको नेपाल मगर संघ चितवन जिल्लामा पनि मगर पत्रकार संघ गठन भएकोमा खुशी व्यक्त गरेको थियो। फरक प्रसङ्गमा बोदै उनले मगर संघ भित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई पनि आगामी दिनहरुमा समाधान गरेर जानुपर्ने धारणा व्यक्त गरे । चितवनमा भर्खरै गठन गरिएको मगर पत्रकार संघलाई सफल कार्यकालको शुभकामना समेत दिए।

कार्यक्रममा महानगर भित्रका झन्डै ३० वटा भन्दा धेरैका संघ सस्था तथा मगर विद्यार्थी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अन्तक्रिया कार्यक्रमको बारेमा नेपाल पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरले प्रकाश पारेका थिए। उनले नेपाल मगर पत्रकार संघ गठन गरिनुको उद्देश्य र योजनाको बारेमा प्रष्ट पारेको थियो ।

त्यस्तै, कार्यक्रममा बोदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष रमेश रानामगरले सम्पुर्ण मगरहरु एकताबद्ध हुनुपर्ने बताए। उनले मगर पत्रकार संघ र जिल्लामा रहेका अन्य मगर संघसस्थाहरु एक अर्काको परिपुरक रहेको भन्दै एक बिना अर्को अपुरो हुने बताए। साथै उनले आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु मिलेर सहकार्य गरेर अगाडी बढ्न आग्रह समेत गरेका थिए।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले चितवनमा पनि मगर पत्रकार संघ गठन गरिनु खुशिको कुरा भएको बताएका थिए । मगरहरु सधै पछाडि परिरहेको अवस्थामा मगर पत्रकार संघ गठन गरिनु गौरवको विषय भएको भन्दै आगामी दिनहरुमा आफ्नो संघ सस्थाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रचारप्रसारकै अभावले गर्दा नै मगर जातिका चाडपर्वहरु पछाडि परेको गुनासो समेत गरेका थिए । आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने सुझाब दिएका थिए । नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका सचिब मुना लम्तरी मगरले संचालन गरेको थियो ।

 

 

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - २१:५३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology