आँबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा झिंगु नेवाः खलको संयोजनमा जन्माअष्टमी मेला सम्पन्न भएको छ । जन्माअष्टमीको दिनमा हरेक वर्ष आँबुखैरेनीमा लाग्दै आएको मेला पहिलो पटक झिंगु नेवाः खलको संयोजनमा सम्पन्न भएको हो।

मेलामा विभिन्न समुदायको साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको झिंगु नेवाः खल आँबुखैरेनीका अध्यक्ष शुभलक्ष्मी श्रेष्ठ जोशीले जानकारी दिए। उनका अनुसार मेलामा लाखे नाँच, चुड्का, टुकटुके, मारुनी लगायतका साँस्कृतिक नृत्यहरु प्रदर्शनी गरिएको थियो।

मेला आयोजनाका लागि आँबुखैरेनी गाउँपालिकाले सहयोग गरेको उनले बताए।




