Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा मंगलवार पोखरा महानगरका विद्यालयहरुमा स्थानीय विदा

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा मंगलवार पोखरा महानगरका विद्यालयहरुमा स्थानीय विदा

इच्छाकामना न्युज

३०, श्रावण २०७९
गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा मंगलवार पोखरा महानगरका विद्यालयहरुमा स्थानीय विदा

पोखरा । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो । 

images

वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए।

गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उधाैलीका रूपमा मनाउने गरिएको छ । 

परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी, सुलाची, चिम्टा लगायतका सामाग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेको भूतलाई धपाउने गर्दछन् । 

गाउँमा खेतीपाती राम्रो होस, शत्रुहरू नाश होउन् भन्ने कामना सहित गाउँमा ट्होटे मनाउने गरिएता पनि हाल आफ्नो मौलिक भेसभुसा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउँदै आएको पाइन्छ ।

ट्होटेमा पछिल्लो समय गुरुङ मात्र नभई आदिवासी जनजातिहरू मगर, किरात, तामाङ, लिम्बु लगायतका समुदायहरू पनि सहभागी हुँदै आएका छन् ।

वर्षको दुई पटक उभौली र उँधौलीको रूपमा मनाइने गुरुङ समुदायको ट्होटे पर्वले गुरुङ समुदायको मात्र नभई सम्पूर्ण आदिवासी जनजातिको मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिन खोजेको पाइन्छ ।

Notice-1-720x1024.jpg

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - ०८:१५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology