Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको माडीमा तमू ह्युल छोंज धींको नगर समिति गठन, अध्यक्षमा भरतबहादुर गुरुङ चयन

चितवनको माडीमा तमू ह्युल छोंज धींको नगर समिति गठन, अध्यक्षमा भरतबहादुर गुरुङ चयन

इच्छाकामना न्युज

२९, श्रावण २०७९
चितवनको माडीमा तमू ह्युल छोंज धींको नगर समिति गठन, अध्यक्षमा भरतबहादुर गुरुङ चयन
images

माडी । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदको माडी इकाइ अध्यक्षमा भरतबहादुर गुरुङ चयन भएका छन्। शनिबार ह्युल छोँज धीँका केन्द्रीय सचिव सन्तलाल गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलाले इकाइ समिति गठन गरेको हो। 

images
images

२३ सदस्यीय समितिको उपाध्यक्षमा पेजबहादुर गुरूङ, सचिवमा प्रतिमा गुरूङ, प्रचार सचिवमा बलराम गुरूङ र संगठन सचिवमा अर्विन गुरूङ चयन भएका छन्। कोषाध्यक्षमा भने शान्ति गुरूङलाई चयन गरिएको ह्युल छोँज धीँले जनाएको छ। 
 
सदस्यहरूमा भने चुनबहादुर घले, बेलबहादुर गुरूङ, सहदेव गुरूङ, धनबहादुर गुरूङ, मनप्रसाद गुरूङ, डम्बरकुमारी गुरूङ, मोहन गुरूङ, लालबहादुर गुरूङ, चन्द्रबहादुर गुरूङ, सुरज गुरूङ, लेखराज गुरूङ, शुकमाया गुरूङ, गमबहादुर गुरूङ, गंगा गुरूङ, कृष्णकुमारी गुरूङ, पदमबहादुर गुरूङ र भुवनसिंह गुरूङ चयन भएका छन्। 

298724924_473525507558549_6448075893038459429_n.jpg
 
नयाँ कार्यसमिति चयनसँगै ह्युला छोँज धीँका केन्द्रीय सचिव सन्तलाल गुरूङले माडीका गुरूङहरूलाई संस्थाले गर्ने काम, कर्तव्य र अधिकारबारे प्रशिक्षणसमेत दिएका थिए। कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय सदस्य, जिल्ला समितिका पदाधिकारी तथा सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति थियो। 

ह्युल छोँज धीँले चितवनका विभिन्न पालिकामा इकाइ समिति गठनलाई निरन्तरता दिँदै आएको छ। यसअघि इच्छाकामना गाउँपालिकामा पनि इकाइ गठन गरिसकेको छ। बिस्तारै जिल्लाका अन्य पालिकामा समेत इकाइ गठन गर्दै जाने तयारी भइरहेको ह्युल छोँज धीँले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - ०९:३३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology