Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन विशेष

१० वर्षमा हात्तीले ९९ जनाको हत्या गर्‍यो : रोनाल्डोले मात्र चितवनमा २२ जनालाई मार्‍यो

१० वर्षमा हात्तीले ९९ जनाको हत्या गर्‍यो : रोनाल्डोले मात्र चितवनमा २२ जनालाई मार्‍यो

इच्छाकामना न्युज

२७, श्रावण २०७९
१० वर्षमा हात्तीले ९९ जनाको हत्या गर्‍यो : रोनाल्डोले मात्र चितवनमा २२ जनालाई मार्‍यो

चितवन । दसवटा मात्तिएको हात्तीले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन्। यसका साथै ठूलो परिमाणमा धनमालको क्षति पनि भएको छ।

images

उद्दण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन्। त्यस्तै उद्दण्डता देखाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइन्छ। सामान्यतः भाले हात्तीलाई गज भनिने भए पनि उद्दण्ड हात्तीलाई उद्दण्डता झल्काउने धुर्बे, रोनाल्डो, गोविन्देजस्ता नाम दिइएको छ। यस्तै नाम दिइएकामध्ये मकुना हात्तीले सबैभन्दा बढी कोसी टप्पु आसपासमा क्षेत्रमा २८ जनाको ज्यान लिएको छ। त्यसपछि चितवन क्षेत्रमा रोनाल्डोले २२ जनालाई मारेको छ।

धेरै चर्चामा आएको धुर्बे हात्तीले अघिल्ला दुईको भन्दा कम १८ जनाको ज्यान लिएको छ। रोनाल्डो र धुर्बेले अझै पनि चितवन, पर्सा, नवलपरासी क्षेत्रमा बेलाबेला उद्दण्डता मच्चाउने गरेका छन्। स्थानीयवासीलाई धेरै दुःख दिन थालेपछि हात्ती ओहोरदोहोर क्षेत्रमा स्थानीयवासीले करेन्ट छाड्दा मकुनाको करेन्टका कारण मृत्यु भइसकेको छ। चितवन, पर्सा क्षेत्रमा गोविन्दे नामक मत्ताले आठ जना र गणेश हात्तीले पर्सा क्षेत्रमा आठ जनाको ज्यान लिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - ०७:५१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology