Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना भाइरसका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९६ लाख नाघ्यो

कोरोना भाइरसका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९६ लाख नाघ्यो

एजेन्सी

१०, पौष २०७७
कोरोना भाइरसका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९६ लाख नाघ्यो
images

काठमाण्डौं, १० पौष । 
विश्वभर कोरोना भाइरसका कराण सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९६ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा विश्वभर थप ६ लाख ४५ हजार ६ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९६ लाख ९४ हजार ७ सय ५४ पुगेको छ । 
यस्तै गत २४ घन्टामा थप ११ हजार ५ सय ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७ लाख ४८ हजार २ सय ३६ पुगेको छ । 
हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ६१ लाख ९ हजार १ सय ७५ जना स्वस्थ भएका छन् । यस्तै हाल विश्वभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड १८ लाख ३७ हजार ३ सय ४३ रहेको छ ।

images
images

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०८:५२:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology