Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मतदानस्थल

चितवनको माडीमा थपियो मतदानस्थल, नौ वटा मतदानस्थल भने स्थानान्तरण

चितवनको माडीमा थपियो मतदानस्थल, नौ वटा मतदानस्थल भने स्थानान्तरण

इच्छाकामना न्युज

२२, श्रावण २०७९
चितवनको माडीमा थपियो मतदानस्थल, नौ वटा मतदानस्थल भने स्थानान्तरण

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ ।

images

मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार दुई वटा केन्द्रको त्रुटी सच्याउने र नौ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरिएको हो ।

कार्कीका अनुसार नौ मतदान केन्द्र मतदातालाई पायकपर्ने स्थानमा स्थानान्तरण गरिएको छ । विद्यालय गाभिएका, भौतिक संरचना निर्माण भई कम्पाउण्ड साघुरो भएका केन्द्रलाई स्थानान्तरण गरिएको हो ।

मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ अनुसार केन्द्र आफ्नै वडामा हुनुपर्ने भएकाले दुई केन्द्र वडामा सारिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका–८ मा रहेको शरदपुर माध्यामिक विद्यालय मतदानस्थललाई वडा नं ९ मा रहेको शरदपुर माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा सारिएको छ ।

यस्तै राप्ती नगरपालिका–२ मा रहेको बुद्धशान्ति क्याम्पसको मतदानस्थललाई राप्ति नगरपालिका–३ को वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । यी दुवैस्थल वडा बाहिर रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले गत असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्नेको सङ्ख्या १४ हजार ७३१ जना रहेको छ । जिल्लाका १२ हजार ९६३ जना रहेको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । जिल्लाको तीन स्थानबाट गरिएको नामावली सङ्कलनका क्रममा उनीहरुले नाम दर्ता गराएका हुन । नाम दर्ता गराउनेमध्ये एक हजार ७६८ जना बाह्य जिल्लाका छन् ।

उनीहरुले यहाँ नामावली दर्ता गराएको भए पनि सम्बन्धित जिल्लामानै पठाइने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता थिए । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्र थिए । सङ्घीय र प्रदेशसभा निर्वाचनमा मतदानस्थल थप भएसँगै केन्द्रसमेत थप हुने कार्कीले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण २२, २०७९ आइतवार - २०:३०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology