Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दावी

आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दावी

images

इच्छाकामना न्युज

२१, श्रावण २०७९
आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दावी
images

काठमाडौं । नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् ।  लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ ।

लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा खलल पुग्ने भन्दै उनीहरुले बिमति जनाएका हुन् । आदिवासी जनजाति महिलालाई स्वतन्त्र र निर्वाधपूर्णक लोकल रक्सी उत्पादन गर्न दिनुपर्ने उनीहरुको माग रहेको छ ।

२८औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने सन्दर्भ आदिवासी महिलाको विरुद्ध रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासी जनजाति महिला रहेको बताउँदै ब्राण्डिङ गर्ने प्रयासले अधिकार खोस्ने बताए । यदि, ब्राण्डिङ नै गर्ने हो भने त्यसको प्याटन राइट्स (प्रतिलिपि अधिकार) आदिवासी महिलामा हुनुपर्ने उनको भनाइ रहेको छ ।

अध्यक्ष लामाले भने– ‘ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा होला तर तमाम आदिवासी महिलाहरुबाट परम्परागत ज्ञान र परम्परागत अर्थव्यवस्था खोसिन्छ । लोकल रक्सी उत्पादन गर्ने ज्ञान आदिवासी महिलाको परम्परागत ज्ञान हो, सीप हो । यसको प्याटन राइट्स आदिवासी महिलासँग मात्र हुन्छ । यो अरुको हुन सक्दैन ।’ 

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका संस्थापक अध्यक्ष स्टेला लामाले वौद्धिक सम्पत्ति संरक्षणको नाममा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञानमाथि हस्तक्षेत्र गर्ने नीति अघि सारिएको आरोप लगाए ।

आदिवासी जनजाति महिला ज्ञानको खानी रहेको भन्दै उनीहरुको ज्ञानलाई परम्परागत रुपमै संरक्षण गर्नुपर्नेमा उनको जोड रहेको छ । परम्परागत ज्ञानबाट उत्पादित रक्सीलाई राज्यले प्रतिवन्ध लगाउने भन्दा पनि संरक्षण गर्नुपर्ने उनको भनाइ रहेको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवानले लोकल रक्सी उत्पादन आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र अर्थव्यवस्था रहेको बताउँदै उक्त ज्ञानको राज्यपक्षबाटै संरक्षण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिए ।

महासचिव देवानले भने– ‘आदिवासी जनजाति समुदायमा रक्सी उत्पादन परम्परागत ज्ञान र अर्थव्यवस्था हो । त्यसबाट नै आदिवासी जनजातिको परिवार चलेको छ । त्यसैले यो ज्ञानको संरक्षण राज्य नै गर्नुपर्छ ।’

विश्वका आदिवासीहरुले हरेक वर्ष ९ अगष्टलाई ‘विश्व आदिवासी दिवस’को रुपमा मनाउने गरेका छन् । आदिवासी जनजातिका अधिकार संरक्षण गर्ने र चेतना जगाउने उद्देश्यले मनाइने यो दिवस नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

नेपालमा कृयाशील आदिवासी जनजातिजन्य संघ संस्थाहरुले हरेक वर्ष संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाउँदै आएका छन् । विश्व आदिवासी दिवसका लागि हरेक वर्ष फरक–फरक नारा तय हुन्छ । यस वर्षको मूल नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - २१:२५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology