Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीका देवेन्द्र थापा अभिनित चलचित्र ‘मिसार’को आज आँबुखैरेनीमा प्रदर्शन हुदै

आँबुखैरेनीका देवेन्द्र थापा अभिनित चलचित्र ‘मिसार’को आज आँबुखैरेनीमा प्रदर्शन हुदै

इच्छाकामना न्युज

२१, श्रावण २०७९
आँबुखैरेनीका देवेन्द्र थापा अभिनित चलचित्र ‘मिसार’को आज आँबुखैरेनीमा प्रदर्शन हुदै
images

आँबुखैरेनी । तनहुँ आँबुखैरेनीका देवेन्द्र थापा मगरले अभिनय गरेको चलचित्र ‘मिसार’को आँबुखैरेनीमा प्रदर्शन हुदैछ । लायन्स क्लव अफ आँबुखैरेनी स्टारको आयोजनामा आँबुखैरेनी ३ मा रहेको रोयल्स होमको सभाहलमा आज प्रदर्शन गर्न लागिएको हो। चलचित्रको १२ र ३ बजे गरि २ सो प्रदर्शन हुनेछ।

images
images

म्याक्शन फोर डि. स्टुडियोको चौथो प्रस्तुतीको रुपमा निर्माण भएको चलचित्रको सन्तोष पिठाकोटे मगरले कथा लेखन, छायांकन, सम्पादन र निर्देशन गरेको छ। चलचित्रमा मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह निर्देशन रहेको छ। 

289838357_699777087771197_331616173852805029_n.jpg

यस्तै चलचित्रमा देबेन्द्र थापा मगरको अलावा, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, रबिन्द्र थापा मगर, भेश गुरुङ्ग, भेश बहदुर पिठाकोटे मगर,  कोट ब। बाचे मगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेम माया आले मगर, मनि राज थापा मगर, चन्द्र मगर, सुमन आले मगर धना राना मगर, वसन्त सारुमगर, मनमाया आले मगर आदिको अभिनय रहेको छ।

चलचित्रमा गित संगित रमेश बाबू थापा मगर, पदम थापा मगर, चेतन रजाली मगर र गगन गुरुङ्गको रहेको छ । गायक गायिकामा पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर र उषा गुरुङ्ग नृत्य निर्देशन राहुल थापा मगर, सर्जन थापा मगर, केशव आले मगर र गोबिन्द पुन मगरको छ भने कलरिङ्ग मिक्सिङ्ग र डबिङ्ग छवि राना मगरले गरेका छन्।

चलचित्रको निर्माण गोबिन्द थापा मगर, सबिता थापा मगर, मस्राङ्गी ब्रोदर्स हङ्कङ्ग, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ्ग, प्रेममाया आले मगर र पबित्रा थापा मगरले निर्मार्ण गरेको हो । 

मगर संस्कार संस्कृतिमा आधारित नेपाली र मगर भाषामा एकसाथ  निर्माण भएको हुँदा सम्पुर्ण मगर तथा गैर मगर दर्शकहरुलाई चलचित्र हेर्न र बुझ्न सकिने हुदा सम्पुर्ण चलचित्र प्रेमिहरुलाई चलचित्र हेर्न आउन निर्माण पक्षले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०९:३०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology