सजना तिलल्सिना, काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ मा कुल जनसङ्ख्याको ९७ प्रतिशत नागरिकलाई आधारभूतस्तरको खानेपानी सेवा पु¥याउने लक्ष्य लिएको छ ।
नेपाल पक्ष राष्ट्र रहेको दिगो विकास लक्ष्यले सन् २०३० सम्म सबैका लागि स्वाच्छ खानेपानीको उपलब्धता प्रत्याभूत गर्ने भनेको छ । तर,सरकार गम्भीर नहुँदा उक्त लक्ष्य भेटाउन सकस देखिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा कुल जनसङ्ख्याको ९७ प्रतिशत नागरिकमा आधारभूतस्तरको खानेपानी सेवा पु¥याउने सङ्घ सरकारको लक्ष्य छ । तर, प्रदेश सरकारका योजनाले भने गति लिन सकेका छैनन् ।
प्रदेश १ मा को खानेपानी महाशाखा प्रमुुख विकास काफ्लेले भने ८० प्रतिशत जनसङ्ख्यालाई खानेपानीको पहुँचमा पु¥याइएको दाबी गर्नुभयो ।
९७ प्रतिशत नागरिकमा खानेपानी पुगेको दाबी गरिने मधेस प्रदेशमा सुद्धताको बहस भने चलिरहेको छ । गण्डकी प्रदेशका ९३ दशमलव ७७ प्रतिशत नागरिकले खानेपानी उपभोग गर्न पाउँदा लुम्बिनी प्रदेशमा ९५ प्रतिशतभन्दा धेरै जनसङ्ख्या खानेपानीको पहुँचमा छ ।
कर्णाली प्रदेशमा भने सबैभभन्दा कम ८८ दशम्लव ६ प्रतिशत जनसङ्ख्या मात्रै खानेपानीको पहुँचमा रहेको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सूूचना अधिकारी इन्जिनियरप्रेम बहादुर ओलीले बताउनुभयो ।
सुुदूूरपश्चिम प्रदेशमा अझै ७ प्रतिशत नागरिकमा खानेपानी पु¥याउनुपर्ने छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारहरूले जम्मा १५ अर्बका योजना खानेपानीका लागि छुट्टयाएका छन् । तर, कार्यान्वयनभने प्रभावकारी नदेखिएको गुनासो नागरिकस्तरबाट आउने गरेको छ ।