Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना सङ्क्रमण

भदौसम्म कोरोना सङ्क्रमणको दर थप बढ्ने अनुमान, खोप लगाउन आग्रह 

भदौसम्म कोरोना सङ्क्रमणको दर थप बढ्ने अनुमान, खोप लगाउन आग्रह 

images

सिआईएन

२०, श्रावण २०७९
भदौसम्म कोरोना सङ्क्रमणको दर थप बढ्ने अनुमान, खोप लगाउन आग्रह 
images

काठमाण्डौ । सरकारले भदौसम्म कोरोना सङ्क्रमणको दर थप बढ्ने अनुमान गरेको छ । साउन महिना लागेदेखि नेपालमा दैनिक सङ्क्रमित थपिनेको सङ्ख्या बढ्दै जाँदा यसले चौथो लहरको जोखिम बढेको सरकारको भनाइ छ ।

दैनिक ७ सयदेखि ९ सयको हाराहारीमा कोरोना सङ्क्रमित थपिन थालेको र दैनिक १ देखि २ जनाको मृत्यु हुन थालेकाले यसले चौथो लहरको जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले सीआइएनसँग कुरा गर्दै भदौसम्म कोरोनाका नयाँ सङ्क्रमित तीव्र गतिमा थपिने अनुमान गरिएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणको दर बढ्न थालेको भन्दै कोरोनाविरुद्धको खोप अनिवार्य लगाउन आग्रह पनि गर्नुभयो ।

पछिल्लो एक सातामा सङ्क्रमण दर १५ प्रतिशतको हाराहारीले बढेको छ । साउन महिना सुरू भएपछि मात्रै १७ जना सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६ जनाले कोरोनाविरुद्धको खोप नलगाएका र एक जनाले एक मात्रा मात्र लगाएको पाइएको मन्त्रालयले जनाएको छ ।

गत वैशाख २१ गतेदेखि ७३ दिनसम्म कोरोनाका कारण मृत्यु शून्य रहेकामासाउन१ र २ गते धरान र काठमाडाँैमा एक–एक जनाको मृत्यु भएको थियो। यसपछि भने दैनिकजसो कोरोना सङ्क्रमितको मृत्यु हुने क्रम चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. अधिकारीका अनुसार खोप नलगाएकामा कडाखाले सङ्क्रमण देखिएको छ ।

मध्यम वा कडा लक्षण देखिए पनि त्यस्ता व्यक्ति केही दिनमै निको हुने गरेका छन् । खोप लगाएकाका हकमा मध्यमखाले कोरोनाको सामान्य लक्षण मात्रै देखिएको छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०९:०९:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology