Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कतारले  भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने

कतारले  भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने

एजेन्सी

७, पौष २०७७
कतारले  भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने
images

काठमाण्डौं, ७ पौष
 कतार सरकारले भोलि (२३ डिसेम्बर) देखि निःशुल्क रुपमा खोप लगाउने अभियान सुरु गर्ने भएको छ। ।
कतारमा पहिलो पटक फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन सोमबार राती हमाद इन्टरनेशनल विमानस्थलमा आइपुगे सँगै खोप लगाउने तयारी गरेको दोहा न्युजले जनाएको छ ।
पहिलो चरणमा निःशुल्क रुपमा वृद्धवृद्धा र फ्रन्टलाइनमा काम गर्नेलाई खोप लगाउने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
७० वर्ष नाघेका दीर्घरोगी  र स्वास्थ्य क्षेत्रमा काम गर्ने मुख्य कर्मचारीहरु जसले कोरोना सङ्क्रमितको नजिक भएर काम गरेका छन् उनीहरुलाई प्राथमिकतामा राखेको छ । छनोटमा परेका व्यक्तिहरुलाई फोन र एसएमएसमार्फत जानकारी दिएर खोप लगाउन बोलाउने कतारले जनाएको छ । 
कतारले २०२१ भित्रमा आफ्नो देशमा रहेका सबैलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने रणनीति अनुसार अघि बढे पनि अहिले सीमित सङ्ख्यामा भ्याक्सिन आएकाले प्राथमिकताको आधारमा दिइने जनाएको छ । 
यो कम्पनीको भ्याक्सिन अमेरिका, बेलायत, क्यानडाजस्ता देशले प्रयोगमा ल्याइसकेका छन् । जसले यो खोप लगाएका छन् उनीहरुमा एकदमै कम मात्रमा साइड इफेक्ट भेटिएको छ । 
कोरोना महामारी संसारभरीका देशमा फैलिएको छ । बेलायतमा नयाँ खालको सङ्क्रमण देखिने थालेको छ । तर पछिल्लो समय कतारमा भने केही स्थिर देखिएको छ । दिनमा लगभग १५० नयाँ सङ्क्रमित भेटिएको छ । तर पनि कोरोना सङ्क्रमण फैलने क्रम नरोकिएको र खोप आए पनि सचेत रहन कतार सरकारले आग्रह गरेको छ ।

images
images

कतारमा झण्डै चार लाख नेपाली कार्यरत छन् । कतारमा सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले खोप ल्याएसँगै अब कतारमा रहेका नेपालीले पनि चरणबद्ध रुपमा खोप लगाउन पाउनेछन् ।
कतार सरकारले त्यहाँ बस्ने हरेक व्यक्तिले निःशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाउन पाउने यसअघि नै बताएको छ ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १८:१४:२६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology