Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पहिरोको वितण्डा

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज दिनभर नखुल्ने

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज दिनभर नखुल्ने

इच्छाकामना न्युज

१७, श्रावण २०७९
पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज दिनभर नखुल्ने
images

मुग्लिन । अविरल वर्षासँगै खसेको पहिरोका कारण गएराती ११ बजेदेखि अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडक आज दिनभर नखुल्ने भएको छ । उक्त सडकखण्डको भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा खसेको ठूलो पहिरो हटाउन समय लाग्ने भएकोले आज दिनभर सडक नखुल्ने भएको हो।

images
images

पहिरो ठुलो रहेको र पहिरो स्थल आसपास निरन्तर वर्षा भैरहेकोले पहिरो पन्छाएर बाटो सूचारु गर्न कठिन भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सनजित तामाङले जानकारी दिए । यद्यपी सडक सुचारु गर्नका लागि बिहानै देखि ३ वटा मेसिनले लगातार पहिरो पन्छाइरहेको छ । 

7.jpg

यस्तै उक्त पहिरोमा दुई वटा सवारी साधन समेत परेको थियो । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक र ना १ ज ८५६५ नं. को म्याजिकका साथै नम्बर नखुलेको एउटा मोटरसाईकल पहिरोमा परेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिरोमा परेको मोटरसाईकल र मालवाहक ट्रक निकालिसकेको छ भने म्याजिकलाई निकाल्न सकेको छैन।

पहिरोले स्थानीयको ३ वटा घरमा समेत क्षति पुर्‍याएको छ।

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १०:४७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology