Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको माडीमा पहाड झरेर थुनिएको परुइ खोला खोलिने

चितवनको माडीमा पहाड झरेर थुनिएको परुइ खोला खोलिने

रासस

७, पौष २०७७
चितवनको माडीमा पहाड झरेर थुनिएको परुइ खोला खोलिने
images

चितवन, ७ पौष । 
चितवनको माडीमा पहाड झरेर थुनिएको परुइ खोलाको पहिरो खोलिने भएको छ । 
गत पुस १ गते सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने एउटा डाँडो भत्कँदा खोला पुरिएको थियो । माडी नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षातमा एकैसाथ फुटेर ठूलो नोक्सान हुन सक्ने बताउनुभयो । 

images
images

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन समितिको टोलीले सोमबार यस क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । अध्ययन तथा अनुगमनपछि नगर प्रमुख ढकालले तत्काल जेसीबी लगेर खोला खोल्ने काम सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, जेसीबी लगेर काम गर्न सकिन्छ वा सकिँदैन यसै भन्न सकिँदैन तर हामी प्रयास गर्दैछौँ ।

ढकालका अनुसार वर्षातको समयमा पानी थुनिएर पहिरो फुटेमा माडी नगरपालिकाका वडा नं ५, ८ र ९ बाहेकका सबै वडामा प्रभाव हुनेछ । सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल समस्याको समाधानको खोजी गर्न लागिएको उहाँको भनाइ छ ।    

खोला थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको छ । खोला थुनिएपछि तल्लो क्षेत्रमा खानेपानी र सिँचाइका लागि सङ्कट सुरु भएको स्थानीयवासीको भनाइ छ । 

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - ०७:४०:४५ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology