काठमाण्डौ । सरकारले नेपाललाई दूधमा आत्मनिर्भर बनाउनेतिर लागिरहेको दाबी गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा देशभर २४ लाख लिटर दूध उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या बढेर २६ लाख लिटर पुगेको पशुु सेवा विभागले जनाएको छ ।
सीआईएनसँग कुुरा गर्दै विभागका वरिष्ठ पशुुविकास अधिकृत डा.चन्द्र ढकालले दुूध उत्पादन बढाउनको लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढेको बताउनुुभयो । उत्पादन भएका दूध स्थानीयस्तरका बजारमा जाने र १५ देखि १७ प्रतिशत दूध मात्र औपचारिक रुपले ठूला बजारसम्म पुग्ने गरेको उहाँको भनाइ छ ।
सीआईएनसँग कुुरा गर्दै दुुग्ध विकास संस्थानका निमित्त उपमहाप्रवन्धक राजेन्द्र प्रसाद अधिकारीले भने बजारको माग अनुुसार आपुर्ति भने गर्न नसकिएको बताउनुुभयो । एक जनालाई वार्षिक ९१ लिटर दुूध आवश्यक पर्ने भएपनि ८० लिटरसम्म मात्र उपलब्ध हुन सकेको सरकारी तथ्याङ्क छ ।