Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महानगरपालिकाहरूका लागि छुट्टै ऐन निर्माण गर्नुपर्ने माग 

महानगरपालिकाहरूका लागि छुट्टै ऐन निर्माण गर्नुपर्ने माग 

images

इच्छाकामना न्युज

१५, श्रावण २०७९
महानगरपालिकाहरूका लागि छुट्टै ऐन निर्माण गर्नुपर्ने माग 
images

पोखरा । महानगरका मेयरहरूले महानगरपालिकाहरूका लागि छुट्टै ऐन निर्माण गर्नुपर्ने माग गरेका छन् । हिजो पोखरामा सम्पन्न भएको बैठकबाट महानगरपालिकाहरूका प्रतिनिधिले छुट्टै ऐनको माग गरेका हुन् ।

सेवालाई प्रभावकारी बताउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका महानगर मञ्च नेपालका अध्यक्ष धनराज आचार्यले जानकारी दिनुभयो ।

महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ को माध्यमबाट संस्थागत गर्ने मञ्च निमार्ण गर्ने निर्णय पनि गरेका छन् ।

महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजना गर्ने, हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने, संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ ।

महानगरका छिमेकी पालिकाहरूसँग समावेशी पूर्वाधार विकासमा सहकार्य गर्ने तथा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंग र निकायहरूसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्ने ऐक्यबद्धता पनि जनाइएको छ । सम्मेलनमा ६ वटा महागरका मयेर, ५ वटा महागरका उपमेयर, ५ वटा महानगरका प्रमुख प्रशासकिय अधिकृत सहभागी भएका थिए ।

सम्मेलनमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहभागिता रहेको थियो ।  

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - २०:३३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology