Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट बढाइयो 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट बढाइयो 

images

इच्छाकामना न्युज

१५, श्रावण २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट बढाइयो 
images

काठमाण्डौ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यस वर्ष विद्यालयमा जाने रकम बढाउने निर्णय गरेको छ । अघिल्ला वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन बनाउन ३६ र २ कोठे भवनका लागि १८ लाख दिने गरिएकोमा यसवर्ष विद्यालयको चारकोठे भवनका लागि हिमाली जिल्लामा ६० लाख, पहाडी जिल्लामा ५५ र तराई तथा उपत्यकामा ५० लाख रुपैयाँ दिने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

२ कोठे भनवनका लागि भने हिमाली, पहाडी, तराई र उपत्यकामा चारकोठेका लागि दिइने रकमको आधा दिने निर्णय गरिएको शिक्षा मन्त्री देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो ।

गत वर्ष सिफारिसमा परेका मध्ये १३ हजार विद्यालयलाई रकम दिइएकोमा यसपाली भने १२ सय ७६ विद्यालयले बजेट पाउने छन् । यसका लागि अर्थमन्त्रालयले ८ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ छुट्टाएको छ ।  

यो रकमबाट आइसीटी ल्याब, भवन निर्माणका साथै विभिन्न प्राकृतिक प्रकोपबाट क्षति पुगेका विद्यालयले पनि सहयोग पाउने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

अघिल्ला वर्षमा चैतवैशाख वा त्यसभन्दापछि स्थानीय तहबाट सिफारिस माग्दा छुट्टाइएको रकम फ्रिज हुने गरेकोमा यो वर्षदेखि पहिलो चौमासिकमै वितरण गर्ने लक्ष्यका साथ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । इच्छुक विद्यालयहरूले यही साउन २९ गतेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ । 

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०९:००:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology