Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन

नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन
images

नारायणगढ । नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन भएका छन् । शनिबार नारायणगढमा सम्पन्न अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा सिर्जना ताम्राकार, सचिवमा सुनिलकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजु श्रेष्ठ र सहसचिवमा विनिता श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा भने मनिषा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, निरूता श्रेष्ठ र उमेश श्रेष्ठलाई चयन गरिएको छ ।  

नयाँ नेतृत्व चुनिनुपूर्व नेवा पत्रकार राष्ट्रिय दबू चितवनले नेवार समुदायबाट प्रतिनिधित्व गर्दै पत्रकारिता क्षेत्र र स्वास्थ्य क्षेत्रमा कार्यरत अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको थियो । पत्रकारितातर्फ नेपाल पत्रकार महासंघ चितवनका संस्थापक एवम् पूर्वअध्यक्ष महेन्द्रराज श्रेष्ठ, दबूका पूर्वअध्यक्ष अमरदेव प्रधान र नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । 

यस्तै स्वास्थ्य क्षेत्रतर्फ डा अर्जुन श्रेष्ठ, डा बरूण श्रेष्ठ, डा सूर्यज्योति श्रेष्ठ र डा भक्तमान श्रेष्ठलाई सम्मान गरिएको दबू चितवनका निवर्तमान अध्यक्ष कमलमान श्रेष्ठले जानकारी दिए । नेवारी समुदायबाट प्रतिनिधित्व गरेर पत्रकारिता तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उनले बताए । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - २०:२४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology