Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमू विद्यार्थी छोंज धीं चितवनद्वारा गुम्बा परिसरमा वृक्षारोपण

तमू विद्यार्थी छोंज धीं चितवनद्वारा गुम्बा परिसरमा वृक्षारोपण

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
तमू विद्यार्थी छोंज धीं चितवनद्वारा गुम्बा परिसरमा वृक्षारोपण
images

भरतपुर । नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनले रोयल राइनो राइडर्स एमसी चितवनसँगको सहकार्यमा शनिबार वृक्षारोपण गरेको छ । अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा शनिबार महाबौद्ध गुम्बा परिषरमा वृक्षारोपण गरेको हो । जंगलमा भएका बिरूवाको संरक्षण नहुँदा जमिन खाली हुँदै गएपछि गुम्बा परिसरमा वृक्षारोपण गरिएको छोँज धीँ चितवनका अध्यक्ष सुमित गुरूङले जानकारी दिए । 

296597148_609929340517917_8765288600074018734_n.jpg

धार्मिक वनअन्तर्गत पर्ने महाबौद्ध गुम्बा परिषरमा बाँकी रहेका रूखहरू समेत ढलेर मासिँदै गएपछि त्यसलाई पूर्ति गराउनको लागि विद्यार्थीले विभिन्न जातका बिरूवा रोपेर हरियाली फर्काउने प्रयास गरिएको उनले बताए । 

छोँज धीँसँग सहकार्य गरेको रोयल राइनो राइडर्स एमसीका अध्यक्ष विनोद लामाले पनि विद्यार्थीसँग सहकार्य गरेर हरियाली अभियानामा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरे । सामाजिक क्षेत्रमा काम गर्नको लागि आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनले बताए । 

296907986_609929043851280_1411009254519205762_n.jpg

बौद्ध धर्म सेवा समिति चितवनकी अध्यक्ष विमला गुरूङले जुनसुकै काम गरे पनि त्यसबाट प्रतिफल आउने गरी काम गर्नुपर्ने सुझाव दिइन् । एक पटक बिरूवा लगाउँदैमा काम पूरा नहुने भन्दै यसको संरक्षणमा पनि चासो देखाउनुपर्ने बताइन् । तमू नगर गुठी भरतपुरका पूर्वअध्यक्ष रामकृष्ण गुरूङले भने ‘हरियो वन नेपालको धन’ भन्ने भनाइ कुनै दिन दन्त्य कथा बन्न सक्ने हुँदा वन र वातावरणप्रति सबैले चासो देखाउनुपर्ने सुझाव दिए । 

296383575_609929133851271_1696345068760123886_n.jpg

कार्यक्रमको औपचारिक खण्डमा तमू नगर गुठी भरतपुरका अध्यक्ष पूर्णबहादुर गुरूङ, नेपाल तमू विद्यार्थी छोँज धीँका केन्द्रीय उपाध्यक्ष विमश गुरूङ, तमू ह्युल छोँज धीँकी केन्द्रीय समितिका सल्लाहकार शारदा गुरूङलगायतले बोलेका थिए । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - २०:१७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology