प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जीप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि रुपन्देहीको मायादेवी गाउँपालिका ३ का ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु रहेका थिए । रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका थिए ।