Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राप्ती नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने

राप्ती नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
राप्ती नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने
images

भण्डारा । चितवनको राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतमा फेरबदल भएको छ । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिव र ६० जना शाखा अधिकृतको सरुवा गरेको थियो । सोही बमोजिम चितवनको राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतमा फेरबदल भएको हो।

पालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भरतपुर महानगरपालिकामा कार्यरत उपसचिव सुकदेव लम्साल आउने भएका छन् । यसअघि तनहुँको बन्दिपुर गाउँपालिका र चितवनकै इच्छाकामना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालिसकेका लम्साल कार्यसम्पादनमा अब्बल कर्मचारी मानिन्छन् । पछिल्लो समय जिल्ला समन्वय समिति चितवनमा कार्यरत रहदै उपसचिवमा बढुवा भएका लम्साल त्यसपछि भरतपुर महानगरपालिकामा कार्यरत थिए।

यस्तै राप्ती नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेल भने गल्कोट नगरपालिका बाग्लुङ सरुवा भएको छ। 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - १०:०६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology