Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा घर भित्र राखेको बाइक चोरी गर्ने सुमन गुरुङ र विवेक थापा पक्राउ

भरतपुरमा घर भित्र राखेको बाइक चोरी गर्ने सुमन गुरुङ र विवेक थापा पक्राउ

इच्छाकामना न्युज

१४, श्रावण २०७९
भरतपुरमा घर भित्र राखेको बाइक चोरी गर्ने सुमन गुरुङ र विवेक थापा पक्राउ
images

चितवन । भरतपुरबाट चोरीको मोटरसाईकल र लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर ११ का २२ वर्षीय सुमन गुरुङ र २१ वर्षीय विवेक थापा रहेका छन् । उनीहरुलाई बिहीबार भरतपुर २ मा मोटरसाईकलमा सवार गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

images
images

प्रहरीका अनुसार गत बैशाख २६ गते भरतपुर ५ स्थित घरको कम्पाउन्डमा पार्किङ गरी राखेको प्रशान्त बुढाथोकीको बागमति प्रदेश ०३–०२८ प ४९३८ नम्बरको केटिएम डुक चोरी भएको भनी निवेदन प्राप्त भएको थियो । खोजतलासको क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी प्रदेश ३–००३ प ५८९० नम्बरको प्लेट लगाएर चलाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमाथि चेकजाँच गर्दा थापाको साथबाट फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल गरी १५ एम्पुल लागुऔषध समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । दुबैलाई मोटरसाईकल र लागुऔषध सहित पक्राउ गरी शुक्रबार चितवन जिल्ला अदालतबाट लागुऔषध तथा चोरी मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०९:४५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology