Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोशिटप्पु वन्यजन्तु आरक्षमा हात्तीका छावा जोगाउन चौबिसै घण्टा निगरानी 

कोशिटप्पु वन्यजन्तु आरक्षमा हात्तीका छावा जोगाउन चौबिसै घण्टा निगरानी 

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
कोशिटप्पु वन्यजन्तु आरक्षमा हात्तीका छावा जोगाउन चौबिसै घण्टा निगरानी 
images

अमर खड्का, सुनसरी । कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेका हात्तीमध्ये लक्ष्मीकलीले छावा जन्माएसँगै संरक्षणकर्मीहरूमा खुसियाली छाएको छ । सुत्केरी हात्तीको स्याहार गर्न र छावा जोगाउँन कर्मचारी अहोरात्र खटिएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेका हात्तीमध्ये १४ वर्षीया लक्ष्मीकलीले जन्माएको पोथी छावाको स्याहारमा १९ जना कर्मचारी १ महिनादेखि खटिएका छन् ।

सुत्केरी हात्तीलाई खानपानमा पुरै ध्यान दिने गरेको कोशी टप्पु वन्यजन्तु हात्तीसार विभाग अधिकृत रामगुलाम चौधरीले बताउनुभयो । लक्ष्मीकलीले यसअघि २०७७ जेठ अन्तिम साता जन्माएको छावा भने साढे आठ घण्टा मात्रै बाँचेको थियो ।

यसपाली लक्ष्मीकलीले जन्माएको छावा पूरा समय अवधिमा जन्मिएकाले गर्दा पनि कुनै समस्या नआउने आरक्ष प्रशासनले जनाएको छ। लक्ष्मीकलीले गत असोज २७ गते मृत्यु भएको रैथाने जङ्गली मकुना हात्तीको संसर्गमा छावा जन्माएको हो ।

मकुना हात्ति करेन्ट लागेर मरेको थियो । शोभाकली नामक हात्तीले पनि भाले ‘छावा’ जन्माएको थियो । तर, २२ दिनमै मरेका कारण छावा बचाउन चुनौतीपूर्ण छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा यतिबेला दमदमकली नामक हात्तीले पोथी छावा जन्माएको तीन वर्ष पुगेको छ। जसको नाम कुसाहाकली राखिएको छ।सरस्वती कलीको भोले छावा जन्मिएको पनि तीन वर्ष नै पुगेको छ ।

हात्तीले १८ महिनादेखि २२ महिनामा बच्चा जन्माउने गर्छ । तर, बच्चा जन्माएपछि दुर्लभै मात्रमा बाँच्ने गरेका छन् । कोशी टप्पुमा यतिबेला बच्चासहित नौवटा हात्ती छन् । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०९:०६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology