Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नवलपुरमा घाँस काट्ने प्रतियोगिता हुने, दर्ता गर्दा एक लिटर दुध अनिवार्य

नवलपुरमा घाँस काट्ने प्रतियोगिता हुने, दर्ता गर्दा एक लिटर दुध अनिवार्य

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
नवलपुरमा घाँस काट्ने प्रतियोगिता हुने, दर्ता गर्दा एक लिटर दुध अनिवार्य
images

नवलपुर । नवलपुरको गैडाकोटमा घाँस काट्ने प्रतियोगिता हुने भएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र गैडाकोट १२ हर्कपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । साउन १५ गते हुने प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना भएको आयोजकको दाबी छ ।

श्री स्वस्थानी घाँस स्रोतकेन्द्रका प्रोपाइटर विष्णु भट्टाका अनुसार किसानको सम्मानस्वरुप प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा चार समूहको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागिले एक लिटर दुध लिएर दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार,दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

 
 
 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०८:४३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology