काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा यसअघिको प्रतिस्पर्धामा वैकल्पिक सूचीमा रहेकालाई ल्याउने तयारी गरेको छ ।
मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले गत साता राजीनामा दिएपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको थियो । तर, अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) सँगको परामर्शमा यसअघि वैकल्पिकमा रहेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न सुझाव दिएपछि क्यानले प्रक्रिया अगाडी बढाएको हो ।
यस अघिको वैकल्पिक सूचीमा तीन भारतीय प्रशिक्षक रहेका थिए । अपुर्व देशाई, मोन्टि देशाई र लालचन्द राजपुत पहिलो प्राथमिकतामा रहेका छन् ।