Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सल्यान जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट 

सल्यान जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट 

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
सल्यान जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट 
images

सरिता चलाउने, सल्यान । सल्यान जिल्ला अदालतले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । अदालतको लक्ष्य अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ३ सय ९६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा अदालतले ४ सय ६ मुद्दा फर्छ्यौट गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७८/७९  मा अदालतबाट बिभिन्न प्रकृतिका ६ सय ६६ वटा मुद्दा परेकोमा ४ सय ६ मुद्धा फैसला गरेको जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले बताउनु भयो । विगतका आर्थिक वर्षहरुबाट सरि आएका १ सय ८१   मुद्दा र यस वर्ष नयाँ दर्ता भएका ४ सय  ८५ वटा मुद्दा गरी कुल ६ सय ६६ मुद्दामध्ये ६१  प्रतिशत अर्थात ४ सय ६  वटा मुद्दा फैसला गरिएको बताउनु भयो  । उहाँका अनुसार अब २ सय ६०  मुद्दा अर्थात ३९ प्रतिशत मुद्धा फर्छ्यौट हुन बाँकी रहेको छ ।

सल्यान जिल्ला अदालतमा देवानी भन्दा फौजदारी प्रकृतिका मुद्दाहरु बढी दर्ता भएका छन् ।  फौजदारीमा २ सय ४३ मुद्धा दर्ता भएकोमा १ सय १५ फर्छ्यौट भएका छन भने १ सय २८ फर्छ्यौट गर्न बाकि रहेको उहाँले बताउनु भयो ।

यस्तै देवानीमा ४ सय २३ मुद्धा दर्ता भएकोमा २ सय ९१ फर्छ्यौट गरिएका छन भने १ सय ३२ फर्छ्यौट हुन बाकि रहेका छन । उहाँका अनुसार सबै भन्दा बढि सम्बन्ध बिच्छेदका मुद्र्धा दर्ता भएको बताउनु भयो । आर्थिक वर्ष २०७८÷७९ मा सम्बन्ध बिच्छेदका मात्र ३ सय २२ मुद्धा दर्ता भएका छन । जस मध्य २ सय ४३ वटा फर्छ्यौट भएका छन भने २ सय २९ फर्छ्यौट हुन बाकि रहेको अदालतले जनाएको छ ।

अदालतका अनुसार गत बर्ष भन्दा यस बर्ष १ सय बढि संख्याले सम्बन्ध बिच्छेदका मुद्धा बढेका छन । सानै उम्मेरमा बिवाह गर्नु, बैदेशिक रोजगार, सामाजिक संजाल, पारिवारीक वेमलका कारण सम्बन्ध बिच्छेदका घटना बढदै गएको पाईएको छ ।

यस्तै ३४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएका छन । जस मध्य ३० वटा फर्छ्यौट भएका छन भने ३४ वटा मुद्धा फर्छ्यौट हुन बाकि रहेको अदालतका श्रेतेदार ज्ञवालीले बताउनु भयो । 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १८:१३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology