Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एसईईको नतिजा

एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन सकिने 

एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन सकिने 

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन सकिने 
images

काठमाण्डौ । एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डलेआज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ ।

त्यसका लागि विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाई वा सोझै कार्यालयमा आउँदो साउन २७ गतेसम्म निवेदन दिन सक्नेछन् । बोर्डले अस्ति २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

राष्ट्रिय  परीक्षा  बोर्डका  अनुसार  यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी  थिए । नतिजामा चित्त नबुझेका विद्यार्थीले निवेदन दिँदा प्रतिविषय पाँच सयका दरले रकम खातामा जम्मा गर्नुपर्नेछ।

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०८:५१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology