Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय सभाको बैठक बस्दै, नागरिकता विधेयक कार्यसूचीमा राखिएन 

राष्ट्रिय सभाको बैठक बस्दै, नागरिकता विधेयक कार्यसूचीमा राखिएन 

images

इच्छाकामना न्युज

१२, श्रावण २०७९
राष्ट्रिय सभाको बैठक बस्दै, नागरिकता विधेयक कार्यसूचीमा राखिएन 
images

काठमाण्डौ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने छ । आज बस्ने बैठकबाट नागरिकता विधेयक पारित हुने अनुमान गरिए पनि त्यसो नहुने भएको छ ।

नेताहरूले प्रतिनिधि सभाबाट गत शुक्रवार पारित भएको नागरिकता विधेयक आज बस्ने बैठकले पारित गर्ने बताएका थिए । तर,आजको बैठकमा नागरिकता विधेयकसम्बन्धी कुनै पनि छलफल वा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची नरहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७६ टेबल गर्नुहुनेछ ।

यस्तै उहाँले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ को सम्बन्धमा प्रतिनिभि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने हुनेछ ।

त्यसैगरी आजको बैठकमा शपथ सम्बन्धी विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव तथा ज्येष्ठ नागरिक सम्बन्धी पहिलो शंसोधन विधेयक माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण १२, २०७९ बिहिवार - १०:५१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology