दाङ । भाइरल ज्वरोका बिरामी बढेपछि दाङका निजी विद्यालयहरु ४ दिनका लागि बन्द गरिएको छ । घोराही महानगर भित्रका निजी विद्यालय ४ दिनका लागि बन्द गरिएका छन् । आजदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। तुलसीपुर उपमहानगरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन्।
दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविका विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन्।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन्। बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उहाले बताउनुभयो ।