Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

११ देखि १३ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिईने 

११ देखि १३ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिईने 

images

इच्छाकामना न्युज

११, श्रावण २०७९
११ देखि १३ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिईने 
images

चितवन ।  चितवनको भरतपुर महानगरपालिकाका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धका खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचभीपी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाउन सुरु गरिएको हो ।

वडा नम्बर ७ बाट खोप अभियान शुभारम्भ गरिएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा हिजो एक कार्यक्रमको आयोजना गरी खोप अभियानको सुरुवात गरिएको हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी बताउनुभयो । अस्पतालले १२ हजार खोप ल्याएको जानकारी गराउदै उहाँल वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा लगाइने बताउनुभयो ।

उहाका अनुसार साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ । यो एचभीपी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ । यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई यौनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँने उहाँको भनाई छ । 

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १८:३८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology