काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । गत बैशाख ९ गतेदेखि सुरु भएको एसईईको परीक्षाफल सार्वजनिक भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये ३ दशमलव ६ देखि ४ जीपीए अर्थात ए प्लस ल्याउने विद्यार्थीको सङ्ख्या ९ हजार ६३३ रहेको छ । जुन कुल परीक्षार्थीको १ दशमलब ९४ प्रतिशत हो ।
यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए अर्थात ए ल्याउनेको सङ्ख्या ४१ हजार ६२७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जुन कुल परिक्षार्थीको ८ दशमलब ३९ प्रतिशत हो ।
सी प्लस देखि बी प्लस अर्थात २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या६९ हजार ९सय रहेको छ भने २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ ।
यस्तै २ देखि २.४ जिपिए अर्थात सी देखि सी प्लस ल्याउनेको संख्या सबै भन्दा धेरै १ लाख १२ हजार ७३३ रहेका छन् । जुन कुल परीक्षार्थीको २२ दशमलब ७४ प्रतिशत रहेको छ ।
यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५ सय ९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जानकारी दिनुभएको छ ।
यस्तै ०.१ देखि १.२ जिपिए अर्थात डि प्लस सम्म ल्याउने विद्यार्थी संख्या ३ हजार २ सय ८० छ । यो कुल परिक्षार्थीको ० दशमलक ६६ प्रतिशत हो ।
एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ । परीक्षाको लागि आवेदन दिएका कुल ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी मध्ये कुल ४ लाख ९५ हजार ७५१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।
यस्तैराष्ट्रिय परिक्षा बोर्डका अनुसार एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो । अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २ दशमलब ७२ प्रतिशत हुन आउँछ ।