तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा बुधबार बिहान ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको छ । बालुवा बोकेको ट्रक सडकको बीच भागमै पल्टिएपछि पृथ्वीराजमार्गको घाँसीकुवा–डुम्रे सडकखण्ड अवरुद्ध भएको हो ।
सवारी वारपार हुन नसक्ने गरी बीच भागमै ट्रक पल्टिएपछि दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । ट्रकलाई हटाएर राजमार्ग सुचारु गराउन केही समय लाग्ने उनले बताए ।