सन्धुपाल्चोक । नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ । ५० हजार राशिको पुरस्कार इन्जाको पाँचौ वार्षिकोत्सवको अवसरमा साउन १४ गते प्रदान गरिनेछ ।
०७२ सालको विनाशकारी भूकम्प र गत वर्ष इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीले रेडियोका प्रसारण यन्त्र र महत्वपुर्ण कागजातहरूमा क्षति पु¥याएपनि रेडियो तत्काल अस्थायी संरचनाको स्टुडियोमार्फत प्रसारण गरेर नागरिकको आवाज र सूचनाको हकलाई उजागर गर्ने दायित्वबाट पछि नपरेको भन्दै इन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि रेडियो मेलम्ची छनोट भएको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टङ्क पन्तले जानकारी दिनुभयो ।
ग्रामीण आवाजलाई उजागर गर्ने उद्देश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२ मेघाहर्जले त्यहाँका नागरिकहरूलाई सुसुचित गर्ने र उनीहरूका आवाजलाई सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ ।