भारत । साफ २० वर्ष मुनीको च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स खेल्ने भएका छन् । भारतको भुवनेश्वरमा भोलिदेखी हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग खेल्न लागेको हो ।
कालिंगा रङ्गशालामा उद्घाटन खेलनेपाली समय अनुसार दिउसो ४ः१५ बजे सुरु हुनेछ । भोलिको खेलमा नेपाल जितको लक्ष्य सहित मैदान उत्रने छ ।
आज भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका कप्तान आयुगा घलानले पहिलो खेलमा तीन अङ्क जोड्ने लक्ष्य रहेको बताउनुभयो । त्यसका लागि आफुहरू पूर्ण रुपमा तयार रहेको घलानले बताउनुभयो ।