Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेक्स 

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेक्स 

images

इच्छाकामना न्युज

८, श्रावण २०७९
होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेक्स 
images

माधव बेल्वासे, कपिलबस्तु । सरकारले भारतसँग जोडिएका नाकामा होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारत वाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेश विन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसिआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नको लागि १ हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् । २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले ८ वटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।

झापाको काकरभिट्टा, मोरङको रानी,पर्साको वीरगन्ज,रुपन्देहीको बेलहिया,कपिलवस्तुको कृष्णनगर,वाकेको जमुना,कैलालीको गैरिफन्टा र कन्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् । कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरिएको हो ।

होल्डिङ सेन्टर निर्माणको काम पुरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । निर्माणको काम सम्पन्न भएको ६ महिना बिते पनि सञ्चालन नहुँदा सीमा नाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ । कृष्णनगरमा छाप्रो नजिकै ६ सय बेडको होल्डिङ सेन्टर छ भने सीमा देखि १ किलोमिटरको दुरीमा शिवानगरमा ४ सय बेडको होल्डिङ सेन्टर छ ।

होल्डिङ सेन्टर सञ्चालनको लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार कुमार मिश्रले बताउनुभयो । कोरोना महामारीको चौथो लहर सुरु भइसकेकोले होल्डिङ सेन्टर सञ्चालनको लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

कृष्णनगर नगरपालिकाले एक छाप्रो निर्माण गरी भारत वाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गरिरहेको छ । कोरोनाको पोजेटिभ रिपोर्ट आउनेहरूलाई पनि सिधै घर पठाउन स्वास्थ्यकर्मीहरू बाध्य भएका छन् । 

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - २०:४६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology